– अर्जुन तिमिल्सिना
काठमाण्डौ । दुई वर्षपहिले तत्कालीन अर्थमन्त्रीबाट उद्घाटन गरी निकै तामझामका साथ ल्याइएको टीएमएसमा अझै समस्याहरु देखिन छाडेको छैन।
कहिले हुँदै नभएको सेयर देखाउने र कहिले ‘मेरो सेयर’ मा भएको सेयर पनि नदेखाउने समस्या अझै पनि यथावतै छ। टीएमएसको डीपी होल्डिङको काम भनेको ‘मेरो सेयर’ मा भएको सेयरलाई म्याच गरेर लगानीकर्ताको पोर्टफोलियो देखाउने हो । डीपी होल्डिङको काम कारोबार गर्दा सहज रुपमा आफ्नो सेयर के–कति छ भन्ने जानकारी दिने पनि हो ।
अझै टीएमएसमा रियल टाइममा अपडेट गराउनेसम्मको अपेक्षा गरिएको थियो । लगानीकर्ता प्रकाश सुवेदीले यो समस्या गम्भीर रहेको बताए। ‘जतिसक्दो छिटो सम्बन्धित निकायले समाधान गर्नुपर्छ’, उनले भने, ‘टीएमएसको डीपी होल्डिङमात्रै हेरेर लगानिकर्ताले कारोबार गर्दा जरिवनामा पर्न सक्ने सम्भावना हुन्छ।’
वाइको कम्पनीका एक प्राविधिकले यो प्राविधिक त्रुटि भएको स्वीकार गरेका छन्। ‘सीडीएससीले अब हामीलाई एपीआई अर्थात एप्लिकेसन प्रोगामिङ इन्टरफेसको सुविधा दिन थालेकोले यो समस्या समाधान भएर जाने अपेक्षा गरेका छौँ’, ती प्राविधिकले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19