–अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा आज समस्या आउँदा हजारौँ लगानीकर्ता सेयर खरिदबिक्री गर्नबाट वञ्चित भएका छन्। 

कारोबार समयमा टीएमएस नचल्दा केही ब्रोकर हाउसका हजारौँ लगानीकर्ता प्रभावित भएका हुन्। बढ्दो बजारमा पटकपटक टीएमएसमा समस्या आउँदा आफूहरु मारमा परेको उनीहरुको गुनासो छ।

बारम्बार टीएमएसमा समस्या आउँदा लगानीकर्ताहरु हैरान भएको लगानीकर्ता प्रकाश न्यौपानेको गुनासो छ। टीएमएस निर्वाध रुपमा चलाउने वातावरण बनाउन उनले सम्बन्धित निकायसँग माग गरे। 

अहिले ब्रोकर नं. ११, १६, २६, ५१ र ५४ बाट कारोबार गर्नेहरुको टीएमएसमा समस्या देखिएको छ। वाइकोले ब्रोकहरुले रिसोर्स नथप्दा टीएमएसमा समस्या आएको जनाएको छ। सेवाग्राही भटाभट थप्दै जाने तर सेवाग्राहीको तुलनामा रिसोर्स नथप्दा समस्या भएको वाइकोको भनाइ छ।

यता ब्रोकरहरु भने वाइको भनाइमा असहमत छन्। ब्रोकर नं. २६ एक अधिकारीले हिजोसम्म चलेको टीएमएस आज एकाएक नचल्नुमा वाइकोकै कमजोरी रहेको बताए।