काठमाण्डौ । कोरोना महामारीका कारण नेपालको सेयर बजारको कारोबार ट्रेन्ड नै परिवर्तन भएको छ। पहिले ब्रोकर हाउसमै गएर सेयर खरिदबिक्री उच्च हुन्थे भने अहिले घरबाटै सेयर कारोबार गर्ने बढेका छन्।
नेप्सेले सञ्चालनमा ल्याएको टीएमएस प्रणालीमार्फत सेयर कारोबार गर्नेहरु बढ्दै गएका छन्। नेप्सेले आज सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले ५ लाख ५० हजार ४०९ सक्रिय कारोबारी रहेका छन्। तीमध्ये ३ लाख ७६ हजार २६१ जनाले सेयर कारोबारका लागि टीएमएस लिएका छन्। टीएमएस लिएकामध्ये पनि १ लाख ९५ हजार ९८९ जनाले अनलाइन प्रणालीमार्फत कारोबार गरिरहेका छन्।
सबैभन्दा बढी टीएमएस नासा सेक्युरिटिज कम्पनी लिमिटेडमार्फत काराबार गर्नेहरुले लिएका छन्। नासाबाट ३६ हजार ३२७ जना टीएमएस लिएका छन् भने तीमध्ये १७९७७ जनाले सक्रिय रुपमा अनलाइन प्रणालीबाट कारोबार गरिरहेका छन्। नासाबाट हाल २७ हजार ६२५ जनाले सक्रिय रुपमा कारोबार गरिरहेका छन्।
त्यस्तै सनी सेक्युरिटिज कम्पनी लिमिटेडबाट २६ हजार १ जनाले टीएमएस लिएका छन्। तीमध्ये १३ हजार १४८ जनाले सक्रिय रुपमा अनलाइन प्रणालीबाट कारोबार गरिरहेका छन्। सनी सेक्युरिटिजमार्फत हाल २३ हजार ४५ जनाले सक्रिय रुपमा कारोबार गरिरहेका छन्।
सगरमाथा सेक्युरिटिज प्रालिबाट सबैभन्दा कम ५९३ जनाले टीएमएस लिएकोमा ३५५ जनाले सक्रिय रुपमा अनलाइन प्रणालीमार्फत कारोबार गरिरहेका छन्। सगरमाथाबाट हाल ३ हजार ८९७ जनाले सक्रिय रुपमा सेयर कारोबार गरिरहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19