काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा आकर्षण बढेसँगै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) लिनेको संख्या पनि ह्वात्तै बढेको छ।
वाइको कम्पनीका अनुसार हालसम्म टीएमएस लिनेको संख्या १० लाख ५५ हजार ७७४ पुगेको छ। जसमा पछिल्लो १ वर्षमा मात्रै ८ लाख बढीले टीएमएस लिएका छन्।
हाल डिम्याट खाता खोल्नेको संख्या ४३ लाख ७४ हजार ३४ रहेको छ। यो हिसाबले हालसम्म डिम्याट खाता खोलेकामध्ये झन्डै २५ प्रतिशतले टीएमएस लिएका छन्।
टीएमएसबाट एकैदिन अधिकतमा १ लाख ८९ हजार ७३६ जनाले सेयर खरिदबिक्री गरेको रेकर्ड रहेको वाइकोले जनाएको छ। सेयर खरिदबिक्रीको अत्याधिक आदेश भने एकैदिन ९ लाख ५८ हजार २९ जनाले गरेको वाइकोको भनाइ छ।
यही साताको पहिलो कारोबार सोमबार जम्मा ५७ हजारले मात्रै टीएमएसबाट सेयर खरिदबिक्री गरेको वाइकोले जनाएको छ।
धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्नका लागि टीएमएस सुविधा निकै प्रभावकारी बन्दै गएको छ। ब्रोकरमार्फत टीएमएस सुविधा लिएर लगानीकर्ता आफैँले कम्प्युटर वा मोबाइलबाट सेयर खरिदबिक्री गर्न गर्न सक्छन्। टीएमएसमै भएको डीपी होल्डिङमार्फत लगानीकर्ताले आफूसँग भएको सेयरको संख्या र पोर्टफोलियो पनि हेर्न सक्छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19