काठमाण्डौ । कारोबार समयमा टीएमएस नचल्दा लगानीकर्ता सेयर किनबेच गर्नबाट वञ्चित भएका छन्। 

बजार खुलेको करिब १ घन्टापछि नै टीएमएस समस्या आएको थियो। ‘आधा घन्टा हुन लागिसक्यो टीएमएस खुल्दै खुल्दैन’, लगानीकर्ता दिनेश दवाडीले भने, ‘बल्लबल्ल बजार सकारात्मक बनेको थियो, फेरि टीएमएसले धोका दियो।’

अहिले थुप्रै ब्रोकर हाउसका टीएमएस डाउन भएको छ। केहीको मात्रै चलेको छ। ‘बजारलाई प्रविधिमैत्री समायानुकूल बनाउने भन्ने गफ दिन्छन्, यस्तो पनि हुन्छ ? कारोबार गर्न नपाइने पनि हुन्छ ?’,  आक्रोशित हुँदै लगानीकर्ता गोकर्ण भण्डारीले भने, ‘कारोबारमा मिनेट–मिनेट हिसाब, यसरी त लगानीकर्तालाई धेरै घाटा हुन्छ।’

वाईकोका प्रमुख दीपेश प्रधानले पनि टीएमएसमा समस्या देखिएको स्वीकारेका छन्। ‘सबैतिर नचलेको भने होइन, केहीमा समस्या देखिएको छ’, उनले भने, ‘डाटा सेन्टरमा समस्या आउँदा टीएमएस नचलेको हो।’

समस्या समाधानका लागि प्राविधिक खटिएको प्रधानले बताए। ‘१५–२० मिनेटमै चल्छ’, उनले भने