काठमाण्डौ । टाइम अफ डे (टीओडी) मिटर हरेर विद्युत् महसुल निर्धारण गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरणले अटेर गर्दै आएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान र अदालतले समेत टीओडी मिटर हेरेर विद्युत् महसुल निर्धाण गर्न आदेश दिए पनि प्राधिकरणले अटेर गर्दै आएको छ। डेडिकेटेड र ट्रंक लाइनको महसुल निर्धारण गरेको मितिदेखि लोडसेडिङ अन्तय भएको घोषणाको मितिसम्म टीओडी मिटरको डाटा डाउनलोड गरी त्यसको विश्लेषणका आधारमा विद्युत् महसुल निधारण गर्न प्राधिकरणलाई निर्देशन दिइएको थियो। तर निर्देशन दिइएको २ वर्ष पुग्दा लाग्दासमेत प्राधिकरण चुपचाप बसेको छ।

विद्युत् महसुस निर्धारण आयोगले पनि डेडिकेटेड र ट्रंक लाइनका लागि महसुल दर निर्धारण गरेको मितिदेखि लोडसेडिङ अन्त्यको घोषणा भएको मितिसम्म टीओडी मिटरका आधारमा प्रिमियम मूल्य लिन प्राधिकरणलाई सुझाव दिएको थियो। सोहीअनुसार शिवम सिमेन्ट्सले आफूहरु सोहीअनुसार प्रिमिय मूल्य तिर्न तयार रहेको प्राधिकरणलाई जानकारी गराएको थियो। तर प्राधिकरणले विवाद सुल्झाउनभन्दा बुल्झाउन उद्धत रहेको देखिन्छ। प्राधिकरणले उल्ट शिवम् सिमेन्ट्सविरुद्ध पुनरावेदनमा गएको छ।

अख्तियारले समेत शिवम सिमेन्ट्ससहित डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयाग गर्ने उद्योगहरुको टीओडी मिटरअनुसार प्रिमिय महसुल तिर्नुपर्ने भए असुलउप गर्न विद्युत् नियामन आयोग र प्राधिकरणलाई सुझाव दिएका छ। तर प्राधिकरणले आनाकानी गर्दै आएको छ।