काठमाडौँ । डेनिस ब्राण्ड टुबोर्गले यस वर्ष पनि ‘टुबोर्ग ओपन’ सांगीतिक अभियानको आयोजना गर्ने भएको छ । विश्वप्रसिद्ध सांगितिक ब्यान्ड डिप्लो र मेका साथमा यस वर्षको अभियान आयोजना गर्न लागिएको बताइएको छ । पहिलो वर्षको अपार सफलतासँगै दोस्रो पटक पनि अभिायान आयोजना गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
 
अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ अघिल्लो वर्षको अभियानमा पनि सहभागी थिए । डेनमार्कका लोकप्रिय कलाकार, ‘मो’ सँग यस वर्षको प्रस्तुती अझ उल्लेख्य हुने अपेक्षा गरिएको छ । 

लोकप्रिय स्थानीय कलाकारहरुसँग सहकार्य गरी अभियान भव्यतापूर्वक सम्पन्न गर्ने योजना बनाइएको छ । यसैगरी चीन, बुल्गेरिया र म्यानमारसमेत कलाकार ल्याउने विषयमा छलफल भइरहेको जानकारी नेपालस्थित अन्तराष्र्टिय बजार प्रबन्धक मिलन शाहले जानकारी दिएका छन् । 

टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागि हुँदा निकै उत्साहित भएको प्रतिक्रिया डिप्लोले दिएका छन् । डिप्लो र मो तथा स्थानिय कलाकारहरुको साथामा लाईभ सांगीतिक कार्यक्रम गरी अभियान समापन गर्ने लक्ष्य लिइएको छ । 

‘टुबोर्गको संगीतसँग निकै लामो सम्बन्ध छ । यस वर्षको टुबोर्ग ओपन अभियान मार्फत् हामी फेरि विश्वभरका उपभोक्तालाई ‘ओपन टु मोर’ हुन प्रोत्साहन गर्दछौं ’ टुबोर्गका अन्तर्राष्ट्रि«य बजार प्रबन्धक, मिलन शाहले भने ।  ‘हामी अन्तर्राष्ट्रिय ब्रान्ड डिप्लो र मो लाई यहाँका स्थानीय कलाकारहरुसँग सहकार्यको सोपान बन्न पाउँदा पाउँदा उत्साहित छौं' गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर बैभब शर्माले भने । 

अभियान सहभागी हुने कलाकारहरुको नामावली थपिने क्रम जारी रहेको बताइएको छ ।