काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेडले १३ पदका लागि ३८ कर्मचारी मागेको छ ।
स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगबाट सहमति लिर्ई टेलिकमले कर्मचारी मागेको हो ।
नवौं तहको उपप्रबन्धकदेखि चौथो तहको टेक्निसियनसम्मको पदका लागि जागिरको अवसर खुलाइएको हो ।
सबैभन्दा बढी चौथो तहको टेलिकम टेक्निसियनका लागि ११ कर्मचारी मागिएको छ । टेलिकम इञ्जिनियरको रुपमा ८ जना, कम्प्युटर इञ्जिनियर ५ जना लगायतका कर्मचारी मागिएको छ ।
आज(शुक्रबार)को हिसाबले ३० दिनभित्र र डबल दस्तुुर तिरी थप ७ दिनभित्र इच्छुकले आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । यसको अर्थ कात्तिक ४ गतेसम्म आवेदन दिनुपर्नेछ । दोब्बर दस्तुुर तिरेर कात्तिक ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
अधिकृत तहको ८ र ९ का लागि ८०० रुपैयाँ, अधिकृत तह ६ र ७ का लागि ७०० र सहायक स्तर तह ४ का लागि ५०० रुपैयाँ परीक्षा दस्तुुर तोकिएको छ ।
आवश्यकता सम्बन्धी सूचना हेर्नुहोस् जस्ताको तस्तै:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19