काठमाण्डौ । उपत्यकाका थप २ ठाउँबाट पनि कोरोना संक्रमण संभावितहरुको परीक्षण सुरु हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन आयोजना गर्ने पत्रकार सम्मेलनको क्रममा शनिवार प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् ।
आइतबारेदखि काठमाण्डौका वीर अस्पताल र टेकु अस्पतालमा पनि कोरोनाको परीक्षण सुरु हुने डा. देवकोटाले जानकारी दिए ।
हाल काठमाण्डौमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना संक्रमणको परीक्षण भइरहेकोमा वीर र टेकूबाट पनि हुन थालेपछि परीक्षण व्यापक बन्ने आशा गरिएको छ ।
सरकारले सबै प्रदेशका प्रादेशिक अस्पतालहरुबाट पनि कोरोना संक्रमणको परीक्षण गरिरहेको छ । कैलाली, कञ्चनपुर, बाग्लुंग लगायतका जिल्लाहरुमा द्रूत गतिमा काठमाण्डौबाट खटिएको टोलीको नेतृत्वमा नमूना संकलन तथा परीक्षणको काम पनि भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनहरुमा दैनिक ७०० भन्दा बढीको दरले नमूनाहरुको परीक्षण हुन थालेको छ । हालसम्म देशभरी ४ हजार ४ सय २६ कोरोनाको नमुना परीक्षण भइसकेको छ । गत २४ घण्टामा देशभर ८ सय ९७ जनाको नमूना परीक्षण गरिएको छ ।
प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म मुलुकभर ८२ जना आइसोलेसनमा र ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेका छन् ।
हाल उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुँदैछ भने सातैवटै प्रादेशिक अस्पतालमा परीक्षण भइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago