काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका जाजुसी एजेन्सीहरु तथा अमेरिकी स्वास्थय सेवाहरुले धेरै अघि नै थुप्रैपटक कोरोनाभाइर विश्व महाकारीका रुपमा फैलिन सक्ने र अमेरिकामा निकै संकट आउने चेतावनी दिएका थिए। तर ट्रम्पले गतिशील अर्थव्यवस्थाको धाक देखाउँदै ती चेतावनीलाई खासै वास्ता गरेनन्। यसको नतिजा अहिले अमेरिकामा कोरोनाभाइसबाट सबैभन्दा धेरै मानवीय क्षति व्यहोर्नुपरिरहेको छ।
अमेरिकामा आइतबार रातिसम्म कोरोना भाइरसबाट ५ लाख ३० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ज्यान गुमाउनेको संख्या २१ हजार पुग्न लागिसकेको छ।
अमेरिकाको मुख्य समाचारपत्र न्युयोर्क टाइम्सका प्रकाशित समाचारअनुसार नेसनल सेक्युरिटी र सरकारको स्वास्थ्य विभागका अधिकारीहरुले राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएका थिए कि अमेरिकामा यो विश्व्यापी महामारीबाट धेरै ठूलो असर हुने सम्भावना छ। तर राष्ट्रपति ट्रम्पले यसलाई गम्भीरतापूर्वक लिएनन्।
ट्रम्पको जिद्दीले संकट
न्युयोर्क टाइम्समा समाचारअनुसार आन्तरिक खिचातानी, दूरगामी योजनाको कमी र ट्रम्प आफूखुसी चल्ने जिद्दीका कारण अहिलेको विकराल अवस्था सिर्जना भएको हो। अहिले यो विश्व महामारीबाट सबैभन्दा ठूलो पीडा अमेरिकालाई परेको छ। यो महामारीबाट स्वास्थ्य क्षेत्रमा मात्र नभएर आर्थिक रुपमा महाशक्ति अमेरिकाको अर्थव्यवस्थामा पनि गम्भीर असर परेको छ।
सल्लाह मान्न ट्रम्प प्रशासनले ढिला गर्यो
ह्वाइट हाउसका अधिकारीहरुले ट्रम्प प्रशासनले उनीहरुको सल्लाह मान्न ढिला गरेको आरोप लगाएका छन्। नेसनल सेक्युरिटी काउन्सिलका अधिकारीहरुले जनवरीको सुरुआतमै चीनको बुहान सहरबाट सुरु हुन लागेको महामारीले अमेरिकामा ठूलो क्षति गर्ने चेतावनी दिएका थिए। तर ट्रम्पले कानमा तेल हालेर बसेको उनीहरुको भनाइ छ।
यो भाइरस अमेरिका लागि घातक हुन सक्छ
राष्ट्रपति ट्रम्पका प्रमुख व्यापार सल्लाहकार पिटर नवारोले जनवरीको अन्त्यमा यो भाइरस अमेरिकाका लागि निकै घातक साबित हुन सक्ने अपिल गरेका थिए। उनले यो भाइरसबाट अमेरिकामा ५० लाखको ज्यान जान सक्ने र अमेरिकी अर्थ व्यवस्थामा अर्बौं डलरको नोक्सानी हुन सक्ने प्रक्षेपण पनि गरेका थिए। उनले आफ्नो अपिलमा अमेरिकाको करिब ३० प्रतिशत आवादी (जनसंख्या) संक्रमित हुन सक्ने उल्लेख गरेका थिए।
आक्रामक रणनीति अपनाउन आवश्यक
राष्ट्रपति ट्रम्पले भने प्रमुख व्यापार सल्लाहकार पिटरको अपिल सुनुवाइ गरेनन्। उल्टै उनी यो अपिलप्रति खुसी थिएनन्।
न्युयोर्क टाइम्सले पिटरको अपिलपछिको निकै संवेदनशीलन तीन साता अमेरिकाले त्यसै खेर फालेको समाचारमा उल्लेख गरेको छ। तर पिटरको अपिलको तीन सातापछि ट्रम्प प्रशासनले जनस्वास्थ्य अधिकारीहरुलाई यो भाइरसको संक्रमण रोक्नका लागि निकै आक्रामक रणनीति अपनाउन आवश्यक रहेको भन्दै विभिन्न निर्देशन दिएको थियो। जसमा सामाजिक दूरीसँगै मानिसलाई घरभित्रै बस्न तथा स्कुल–कलेज बन्द गर्न आदेश दिइएको थियो।
ह्वाइटहाउसमा मतभेद
एक्कासि ट्रम्प प्रशासनबाट आएको निर्देशनका कारण ह्वाइटहाउसका अधिकारीहरुले आफ्नो राय प्रस्तुत गर्ने मौका नै पाएनन्। तर तीन सातापछि ट्रम्प प्रशासनबाट कडा निर्देशन आयो तर यतिखेरसम्म कोरोनाभाइरसले अमेरिकामा भयावाह रुप लिइसकेको थियो। जसका कारण ह्वाइटहाउसमा मतभेदको स्थिति सिर्जना भयो। जसका कारण ट्रम्प प्रशासनको निर्देशन मार्च महिनाको सुरुआत हुँदासम्म छायामा पर्न गयो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago