काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरसका विषयमा ह्वाइटहाउसमा हुने दैनिक पत्रकार सम्मेलन बन्द गरेका छन्।
दैनिक पत्रकार सम्मेलनमा यो भाइरस नियन्त्रण तथा रोकथामका प्रयासहरुबारे जानकारी गराइदियो। ट्रम्पका सल्लाहकारहरुले नियमित पत्रकार सम्मेलनले उनको चुनावी अभियानमा झट्का लाग्ने संकेत गरेपछि बन्द गरिएको बताइन्छ।
पत्रकार सम्मेलनमा कहिलेकाहीँ ट्रम्पले परिस्थिति प्रतिकूल मन्तव्य दिँदा त्यस्ता कुराको आलोचना हुँदै आएको छ। यिनकै कुराले उनको चुनावी अभियानमा असर पार्न सक्ने ट्रम्पका सल्लाहकारहरुको ठम्याइ छ।
ट्रम्पले शनिबार राति ट्विटरमा यो पत्रकार सम्मेलनमा कुनै मतलब नभएको बन्द गर्ने निर्णय गरिएको उल्लेख गरेका छन्। उनले ट्विटरमा भनेका छन्, ‘यो पत्रकार सम्मेलनको के उद्देश्यले भइरहेको हो ? जब कि पक्षपाती मिडियाहरु शत्रुतापूर्ण प्रश्न मात्र गरिरहन्छन् अनि तथ्यपूर्ण रिपोर्टलाई सार्वजनिक गर्दैनन्। त्यसैले यो पत्रकार सम्मेलनमा समय खेर फाल्नु बेकार छ।’
गत बिहीबारको पत्रकार सम्मेलनमा ट्रम्पले कोरोना संक्रम ठिक गर्नका लागि अप्रमाणित र गलत मेडिकल सल्लाह दिएका थिए। उनले कोरोनाको उपचार अल्ट्रभायलेट लाइट र मलेरियाको औषधि प्रयोग गर्न सल्लाह दिएका थिए।
गत शुक्रबारको पत्रकार सम्मेलनमा भने पत्रकारको जिज्ञासाको जबाफ नै नदिई ट्रम्प फर्किएका थिए। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago