काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरस कमजोर हुँदै गएको दाबी गरेका छन्।
अमरिकी न्युज वेबसाइट एक्सिओससँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमणको मामिलामा ६ प्रतिशत गिरावट आएको जानकारी गराए। उनले अमेरिकाको स्थिति अन्य देशको तुलनामा राम्रै रहेको दाबी पनि गरे।
ट्रम्पले संक्रमणको मामिलाको अनुपातमा कोरोनाबाट हुने मृत्युको आँकडाको हिसाबले अमेरिकाको स्थिति युरोपको तुलनामा राम्रै रहेको दाबी गरे। राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरिरहँदा अमेरिकामा भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजारभन्दा बढी भइसकेको छ।
यसैगरी अमेरिकामा हालसम्म ४७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। जुन अन्य देशको तुलनामा निकै अधिक रहेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19