काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी छ कि चीनमा कोरोनाभाइरसका कारण मर्नेको संख्या वास्तविकतामा निकै धेरै रहेको छ।
ट्रम्पले शुक्रबार ट्विट गर्दै भनेका छन्, ‘यो अज्ञात शत्रुबाट हुने मृतकको संख्या चीनमा अचानक बढेर दुईगुणा भएको छ। तर त्यहाँ त्योभन्दा पनि धेरैको मृत्यु भएको छ। त्यो संख्या अमेरिकाको भन्दा पनि धेरै छ।’
यसअघि शुक्रबार चीनको हुबे प्रान्तको वुहान सहरमा अधिकारीहरुले कोरोनाबाट भएको ज्यान गुमाउनको संख्या ५० प्रतिशतसम्म बढाएका थिए। उनीहरुका अनुसार त्यहाँ थप १ हजार २९० जनाको ज्यान गएको छ। यसका साथै हुबेमा मात्र मृत्यु हुनेको संख्या ३ हजार ८६९ पुगेको छ र चीनभरि ४ हजार ६०० पुगेको छ।
चिनियाँ अधिकारीहरुले जेल र मुर्दामा मृतकका सम्बन्धमा राखिएको रिपोर्टबाट नयाँ तथ्यांक तयार गरिएको हो।
जोन हप्किङ्स विश्वविद्यालयका अनुसार चीनमा हालसम्म संक्रमितको संख्या करिब ८४ हजार पुष्टि भएको छ।
त्यो त वुहानमा मृतकको संख्या दुईगुणा बढाउँदा चीनका विश्लेषकहरु चिन्तामा परेका छन्। विगत केही साताबाट चीनको आधिकारिक तथ्यांकका बारेमा प्रश्नचिह्न पनि खडा भइरहेका छन्।
अहिलेसम्मको अनुमानमा आफ्नो सहर र मुद्राघरमा रहेका लाशहरुको प्रबन्ध मिलाएर चिनीले मृतकको संख्या कम गर्न सफल भएका थिए। यो कुरा चिनियाँ अधिकारीहरुले जानाजान लुकाइरहेका थिए।
उता वुहानमा स्वास्थ्य अधिकारीहरु भने यसबारेमा गलत तथ्यांक सार्वजनिक नगरिएको दाबी गर्छन्। तर चीनमा मृतकको संख्या एकाएक बढेको खबर त्यतिखेर सार्वजनिक भयो जतिखेर आर्थिक विकास दरमा आएको गिरावटबारे घोषणा भयो। यही कारण केही जानकारहरुले चीनले जानाजान मृतकको संख्या घटाएको आरोप लगाइरहेका छन्। यद्यपि यो एउटा संयोगमात्र पनि हुन सक्छ।
गत बिहीबार चीनको अर्थव्यवस्थमा परेको कोरोनाको प्रभावबारे आधिकारिक तथ्यांक सार्वजनिक भएको थियो। जसमा यो वर्षको पहिलो त्रैमासमा चीनको जीडीपीमा ६.८ प्रतिशतको गिरावट आएको देखाइएको थियो। पछिल्लो तीन दशमा पहिलोपटक चीनको अर्थव्यवस्थामा गिरावट आएको हो।
कोरोनाभाइरसलाई लिएर चीन र अमेरिकाबीच तनाव
यो भाइरसको सुरुआत चीनको वुहान सरहबाट भएको थियो। वुहानमा यो भाइरससँग चीन सफल भएकोमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रशंसा गरेको थियो। यद्यपि चीनबाट जारी अधिकांश तथ्य र संक्रमण पूर्ण रुपमा रोकेको दाबीमाथि लगातार सन्देह भइरहेको थियो।
ह्वाइट हाउस कोरोना टास्क फोर्सका सदस्य एन्टोनी फाउचीले चीनको तथ्यांकमा प्रश्न उठाएका थिए। उनले भनेका थिए कि चीनमा डिसेम्बर महिनाको दोस्रो सातादेखि नै कोरोना संक्रमणको मामिला सुरु भएको तर लुकाइयो। उनले चीनले संक्रमित बिरामीका बारेमा जानकारी लुकाएको दाबी पनि गरेका थिए।
गत बिहीबार फाउचीले चीनले जुन जानकारी अहिलेसम्म दिएको त्यसमा विश्वास गर्न मुश्किल रहेको बताएका थिए।
हालै ब्रिटिस सरकारका वरिष्ठ मन्त्री माइकल गोवले भनेका थिए, ‘चीनसँग जोडिएका केही रिपोर्ट स्पष्ट छैन, जस्तै यो कुन स्तरमा फैलिएको छ, यसको प्रकृति के हो र यो कतिसम्म फैलिन सक्छ ?’
चीनमा डिसेम्बर सकिनअघि नै कोरोनाको मामिला आउन सुरु भएको थियो। तर डब्ल्यूएचओले डिसेम्बर ३१ मात्र कोरोनाभाइरसको जानकारी सार्वजनिक गरेको थियो।
वुहान सेन्ट्रल अस्पतालका नेत्रविशेषज्ञ डा ली वेनलियाङले ३० डिसेम्बरमै आफ्ना सहकर्मी चिकित्सक साथीहरुलाई चेतावनी दिएका थिए कि उनका केही बिरामीमा सार्सजस्तै भाइरसको लक्षण देखिएको छ। तर उनलाई भ्रम नफैलाउनभन्दै चुप बस्न लगाइयो। केही दिनपछि डा लीको मृत्यु कोरोनाभाइरसकै कारण भयो।
२०२० जनवरी १४ मा डब्ल्यूएचओले ट्विट गर्दै चीनको सुरुआती जाँचमा कोरोनाभाइरस मानिसबाट मानिसमा फैलिने संकेत पत्ता नलगाएको जानकारी दियो। ट्रम्पलगायत अन्य केही विशिष्ट व्यक्तित्वले यो ट्विटमाथि प्रश्न खडा गर्दै डब्ल्यूएचओले आँखा चिम्लेर चीनको कुरामा भरोसा गरेको आरोपसमेत लगाए।
जनवरी २२ डब्ल्यूएचओले फेरि ट्विट गर्दै यो भाइरस मानिसबाट मानिसमा फैलिन सक्ने जानकारी गरायो। त्यसपछि जनवरी अन्त्यमा डब्ल्यूएचओले यो भाइरसलाई विश्व महामारी घोषणा गर्यो।
मानवअधिकार संगठन ह्युमन राइट वाचसँग सम्बन्धित केनेथ रथले देशमा भइरहेको मृत्युको जानकारी सार्वजनिक गर्न चीन सरकारले ढाँटेको आरोप लगाए। उनले ट्विटरमा लेखे– ‘सोसल मिडियाहरुमा वुहानमा अन्तिम संस्कारका ल्याइएको शवहरुका बारेमा जानकारी दिने एक व्यक्तिलाई त्यस्तो गतिविधि नगर्न भन्दै चीन सरकारले रोक लगाएको थियो।
चीनका कारण डब्ल्यूएचओसँग लडे ट्रम्प
हाल डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस ऐडहन गिब्रियेसिसले चीनको प्रयासको प्रशंसा गर्दै तीव्रगतिमा चीनले महामारी पत्ता लगाएर यो भाइरसबाट उत्पन्न गतिविधि लगातार पारदर्शीका साथ सार्वजनिक गरेको सराहनी भएको बताए। उनको यो बयानको आलोचना गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओले चीनसँग झुकेको आरोप लगाए।
केही दिनअघि राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको फन्ड पनि रोक्न निर्देशन दिएका थिए। उनले कोरोनाभाइरस रोकथाममा डब्ल्यूएचओबाट चालिएका कदमको समीक्षा हुने पनि बताए।
उता डब्ल्यूएचओका निर्देशक टेड्रासले अमेरिकी कदमको आलोचना गर्दै कोरोनाभाइरसमाथि राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिए।
चीनका विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले पनि गत बिहीबार अमेरिकाले कोरोनाभाइरस महामारीमा राजनीतिक गर्नुभन्दा यो भाइरससँग लड्न आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए। – बीबीसीबाट भावानुवादित
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago