काठमाण्डौ । संघीय राजधानी काठमाण्डौमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको आशंकाका बीच महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका दुई जना ट्राफिक प्रहरीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
बिहीबार गरिएको स्वाब परीक्षणमा महाशाखाका २ प्रहरीमा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले जानकारी दिएको छ । ती प्रहरीको दर्जा भने खुलाइएको छैन ।
ट्राफिक महाशाखामै कार्यरतलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत अन्य प्रहरी कर्मचारीमा त्रास फैलिएको छ । महाशाखालाई शिल गरेर अन्यको समेत स्वाब परीक्षण गर्ने तयारी भइरहेको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago