काठमाण्डौ । ट्रेड टावर ग्रुपको प्यारेन्ट कम्पनी ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले जारी पुँजी ४६ करोड ५० लाख रुपैयाँको २४.९ प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० अंकित दरका कुल ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ जारी गर्नेछ।
यसैबीच कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा भएको समझदारीपत्रमा ट्रेड टावरका कार्यकारी अध्यक्ष शिवहरि दंगाल र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।
ट्रेड टावर २०६७ साल देखि लिमिटेड कम्पनीको रुपमा सञ्चालनमा रहेको छ। कम्पनीका उद्देश्यहरुमध्ये होटेल–हस्पिटालिटी, लिजिङ एन्ड फाइनान्सिङलगायत पूर्वाधारका परियोजना विकास गर्ने तथा लगानी गर्ने रहेकाछन्।
कम्पनीले नेपाल खाद्य संस्थानको थापाथलीस्थित जग्गा लिजमा लिई नेपालकै सबैभन्दा ठूलो सिंगल विल्डिङ कम्प्लेक्स विगत १३ वर्षदेखि सञ्चालन गरिरहेको छ।
त्यस्तै ललितपुर–भैंसेपाटी रेडियो टावरसँगै जोडिएको १९० वटा अपार्टमेन्ट निर्माण गरी कम्पनीले यो आयोजना सफलतापूर्वक सम्पन्न गरेको छ।
यसैगरी कम्पनीले काठमाण्डौ वडा नं.९ गौशालास्थित श्री पशुपतिनाथको दक्षिणतर्फ रिङरोडमा जाडिएको करिब ४ रोपनी जग्गा ३६ वर्षका लागि लिजमा लिई हाल निर्माण भइराखेको व्यापारिक भवनको निर्माण कार्य आगामी २.५ वर्षमा सक्ने लक्ष्य राखेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19