– प्रकाश न्यौपाने
काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले बढेको थियो। केही दिनदेखि लगातार घटेको बजारमा एकाएक सुधार आउँदा अब आउने दिन सुखद् हुने अनुमान लगानीकर्तामा थियो। तर, आज बिहीबार बजार फेरि एकाएक गिरावट आएको छ। योसँगै सबै समूहमा रातो पोतिएको छ।
बजार जानकार केशव कोइराला (काका) आज बजार घट्नुपर्ने कुनै कारण नदेखेको बताउँछन्। बजारमा हल्ला गरेजस्तो बैंकहरुको खराब कर्जा नबढेको कोइरालाको भनाइ छ। ‘ठूलो रकम लिएर बसेका लगानीकर्ताले १–२ वटा बैंकको खराब कर्जालाई बहाना बनाएर बजार अझै तल झार्नका लागि आफूसँग भएको सेयर बिक्रीमा राखेर साना लगानीकर्तालाई तर्साउँदा बजारमा झनै करेक्सन आएको हो’, उनले भने, ‘ठूला लगानीकर्ताको दाउ भनेको अझै सस्तोमा किन्ने हो। आफ्नो उद्देश्य पूरा नभएसम्म उनीहरु बजारमा छिर्दैनन्।’
ठूलो पैसा नआएसम्म बजारले माथिको बाटो समात्न गाह्रो हुने कोइरालाले बताए। ‘बजारका लागि खराब कुराहरु सकिँदै गएका छ’, उनले भने, ‘सरकार स्थिर छ। नयाँ बजेटमा बजारलाई सकारात्मक असर पार्ने केही न केही सम्बोधन होला। त्यसैले अब डराएर सेयर बेचेर भाग्ने होइन। लामो समयको बरु सके थोरै–थोरै किन्दै जाने अवसर छ।’
अर्का बजार जानकार विष्णु भुसाल केही दिनपहिले नै नबिल, एनआईसी एसिया, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड बैंकजस्ता बैंकको रिपोर्ट राम्रो आउँछ भन्ने इन्साइडर सूचना पाएर खरिद गरिबसेका सर्ट टर्म लगानीकर्ताले सेयर बिक्रीमा ल्याउँदा आज बजार घटेको बताउँछन्। ‘यतिबेला सेयर बिक्री गर्नेभन्दा पनि होल्ड गर्ने समय हो’, उनले भने, ‘बजार अहिले साइडवेजमा चलेको छ। बजारका लागि सबैतिर सकारात्मक माहोल बन्दै गएको छ।’
सिंगो सरकार नै अर्थतन्त्र सुधारमा लागिपरेको भुसाल बताउँछन्। ‘बजार माथि जानका लागि तल्लो विन्दुमा लामो समयसम्म बस्ने गर्दछ’, भुसालले भने, ‘प्राविधिक रुपमा पनि बजार १८०० को आसपासमा बलियो सपोर्टमा छ।’
अर्थतन्त्र सुधारान्मुख रहेको उल्लेख गर्दै भुसालले भने, ‘त्यसैले बजार केही अंक घटिहाले पनि विस्तारै थोरै–थोरै सेयर खरिद बढाएर जम्मा गर्ने बेला हो यो।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19