काठमाण्डौ । धितोपत्र कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज कारोबार रकम भने हिजोको तुलनामा सामान्य घटेको छ।
अहिलेको बढ्दो बजारमा नेटवर्थ सकारात्मक भएका र खराब कर्जा कम भएका कम्पनीहरुको सेयर किनेर राख्दा राम्रो हुने निरौलाको तर्क छ। ‘११०० बाट बढेको बजार २६०० सम्म सजिलै पुग्छ’, उनले भने, ‘यसबीच सानातिना करेक्सन आउँछन् तर यसले बजार बढाउनमै टेवा दिन्छ। अबको ३ वर्षभित्रै बजारले ३६०० को विन्दु चुम्छ।’
उता एसिया सेक्युरिटिजको बुटवल शाखाका ब्रोकर दिननाथ शर्माले अहिले पुरानादेखि नयाँ लगानीकर्ता सक्रिय रुप सेयर किनबेचमा लागेको जानकारी दिए। ‘बजार स्वाभाविक गतिमा अगाडि बढिरहेको छ, लगानीकर्ताहरुले लगानी थप्दै गएका छन्’, उनले भने।
काठमाण्डौस्थित एक ब्रोकरले भने अहिले बजारबाट ठूला लगानीकर्ताहरुले भारी संख्यामा सेयर उठाएर होल्ड गरेर राखिरहेको जानकारी दिए। ‘यसको अर्थ पक्कै पनि बजार बढ्नै नै हो’, ती ब्रोकरले भने।
अहिले लगानीकर्ताहरुले सस्ता र राम्रा कम्पनीको सेयरमा झुम्मिरहेको पनि ती ब्रोकरले उल्लेख गरे। राम्रो वित्तीय विवरण आउने आशाले लगानीकर्ताहरु यस्ता कम्पनीमा आकर्षित भइरहेका उनको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ५ वटा समूहमा रातो पोतिएको छ।
आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ६२.९४ अंकले ओरालो लागेको छ। होटेल्स् समूह २२.७७ अंकले घटेको यो दिन बैंकिङ समूहमा २.४३ अंक, अन्य समूहमा ११.७७ अंक र व्यापार समूहमा ८.९२ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २११ कम्पनीका १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २५ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ६१ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु बैंकको २९ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ३६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २५ करोड १९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १८ करोड २८ लाख रुपैयाँ, नेपाल टेलिकमको १५ करोड ६९ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको १३ करोड ८० लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १२ करोड ७२ लाख रुपैयाँ, कुमारी बैंकको १० करोड ६९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको १० करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १२ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज बेस्ट फाइनान्स, कर्पोरेट डेलभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, प्रभु इन्स्योरेन्स, नेपाल हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक, श्री इन्भेस्टमेन्ट, रिलायन्स फाइनान्स र सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लागेको हो। यो दिन सिन्धु विकास बैंक, प्रोग्रेसिभ फाइनान्स र महिला सहयात्रा लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेका छन्।
आज विशाल बजार कम्पनी र कामना सेवा विकास बैंक सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19