काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अबका दिनमा ठूला गेमचेन्जर जलविद्युत आयोजना ध्यान केन्द्रित गर्ने बताएका छन् ।
मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी, माथिल्लो अरुण जलविद्युत् आयोजनालगायतका गेमचेन्जर जलविद्युत आयोजनाको प्रक्रिया अघि बढाउने योजनामा सरकार केन्द्रित रहेको बताए ।
साथै उनले पछिल्लो एक वर्षमा जलविद्युतको क्षेत्रमा ८० वर्ष बराबरको काम भएको पनि दाबी गरेका छन् ।
उनले ४०० मेगावाटसम्म बिजुली निकासी गरेर १५ अर्ब २७ करोड विदेशी मुद्रा आर्जन गरेको बताए।
उनका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ३१.२८ प्रतिशतले बढी हो।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19