 
                     
                                
                             
                                    काठमाण्डौ । ठूलो खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ ल्याउने भएको छ।
यो कम्पनीले निकट भविष्यमा आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। जसअनुसार कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ।
सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावरबीच आज आईपीओ बिक्री प्रबन्धक नियुक्तिका सम्बन्धमा सम्झौता भएको हो। सम्झौतामा ठूलो खोला हाइड्रोपावरका तर्फबाट सञ्चालक श्वेता अधिकारी पन्त र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।
ठूलो खोला हाइड्रोपावरले निर्माण गरिरहेको आयोजना ‘माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना’ म्याग्दी जिल्लामा रहेको छ। यो आयोजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19