काठमाण्डौ । पछिल्लोपटक १८०६ मा लोअर लो बनाएका सेयर बजारले आज २१५० को विन्दुलाई ब्रेक गरेर हायर हाई बनाएको छ।
आज बजारले योभन्दा माथि २१९५ मा बन्द भएर हायर हाईको सिरिज बनाएको हो। योसँगै डाउ थेउरीअन्तर्गत बजारले अब अप ट्रेन्ड लिएको बुझिन्छ। डाउ थेउरीमा मात्रै नभएर बजारले अप ट्रेन्डको यात्रा लगभग निश्चित भएको इचिमोकुमा पनि देखिन्छ।
दैनिक चार्टमा नै आज इचिमाकुमा क्लाउड पोजिसनभन्दा माथि मूल्य रेखा पुगेर बाई कन्फर्मेसन दिएको छ (हेर्नुहोस् इचिमोकुमा कालो एरो)। यसलाई बुलिस मुमेन्टम भनेर बुझिन्छ।
इचिमोकुमै गत ५ जुलाईमा बेस लाइनलाई कन्भर्जेन्स लाइनले तलबाट काटेर बजार बुलिस हुँदै गरेको संकेत दिएको थियो।(हेर्नुहोस् हरियो एरो)
क्लाउडको रङ भने अझै पनि रातो नै रहेको छ। इचिमोकुमै २६ दिनभन्दा पछि चल्ने ल्यागिङ स्पान पोजिसन पनि मूल्यरेखाभन्दा माथि चलेकोले अब बजार स्ट्रङ बुलिस नै भएको थप आधार इचिमोकुबाट बुझ्न सकिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19