काठमाण्डौ । डाबर नेपालले भूकम्प पीडितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

शुक्रबार कम्पनीका अध्यक्ष इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुप्रति दु : ख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ  ।

साथै उसले यस संकटको घडीमा भूकम्प प्रभावित जिल्लाका जनतासँग आफ्नो ऐक्यवद्धता रहेको पनि बताएको छ ।