काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । 

बुधबारदेखि लागू हुने गरी निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँको दरले घटाउने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 

निगमका अनुसार इण्डियन आयल कर्पोरेसन(आइओसी)बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आएको छ । तर, चाडपर्वको समयमा निगमले रेट बढेर आए पनि त्यसमा कुनै समायोजन नगर्ने निर्णय गरेको छ । 

निगमले जारी गरेको विज्ञप्ति: