depressed lady
काममा सक्रियः धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुची वा गतिबिधिको अभाव हो । जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ । शारिरक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुची बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ । यसले आत्मसम्मान र खुशी प्रदान गर्छ । हरेक कुरामा रुची राख्दा सन्तुष्टि र आफ्नोे बारेमा राम्रो महशुस गर्न सहगोग गर्छ । यसले समस्या र नकरात्मक सोचबाट दिमागलाई टाढा भगाउछ । रुची बढाउने केही तरिका पनि छन् । जस्तै घरको सामान्य काममा व्यस्तहुने, बिरामी वा बुढो मानिसलाई भेटेर उनीहरुका समस्या बुझ्ने वा करेसाबारीमा गएर तरकारी गोडमेल गर्ने इत्यादि डिप्रेसन घटाउने सहज तरिका हुन सक्छन् ।
सकरात्मक सोचः डिप्रेसनमा नकरात्मक सोच हाबी भइरहेको हुन्छ । निराश मानिसहरुले आफ्ना उपलब्धी, क्षमता र गुणहरुलाई बिस्तारै कम गर्दै लैजान्छन् । खुशी मानिसहरुले पनि निराश हुने मानिसलेझै असफलता, निराश, अस्वीकारोक्ति, नकरात्मक संवेग, पीडा, ठूलो चिन्ता अनुभव गर्छन् । तर, पीडालाई सहर्ष स्वीकारेर उनीहरुले सकरात्मक सोच राख्छन् । उनीहरुले यसलाई जीवनको सामान्य अंशको रुपमा लिन्छन् । यसले उनीहरुलाई अझै बढी खुसी बनाउनुका साथै आफ्ना सामाजिक जीवनलाई अझै बढी सुधार्छ । पीडाको समयमा खुशीसाथ बाँच्नु एउटा साहसिक छनौट पनि हो ।
समस्यको पहिचानः सर्वप्रथम आफूलाई आइपरेको समस्याको पहिचान गर्न जरुरी छ । बढी उत्तेजित हुनबाट बच्न स–सना उपायको पहिचान गर्नुपर्छ ।समस्या समाधानको लागि साथी, परिवार, र अन्य सहयोगी समूहको मद्दत लिनपर्छ । जीवनमा किन पीडादायी वा नकरात्मक अवस्था आयो भन्ने विषयमा मनन गर्नुपर्छ । केही निराश मानिसहरुले सम्भाव्य सबै समाधानलाई इन्कार गर्छन् । हरेक कुरा अस्वीकार्य, नरमाइलो र काम लाग्ने हुनको कारण पत्ता लगाउन जरुरी छ ।
खराब स्वभाव रोक्नेः गुनासो गर्दा, रुँदा, निराश अनुभवबारे बोल्दा वा समस्याबारे छलफल गर्दा सम्भवत साथीहरुले सहानूभूति दिन्छन् र मायालु देखिन्छन् । यी माया वा दयाले कतै निराशा कायम राख्न सहयोग त गरेका छैनन् । आफ्नाअघि जस्तासुकै देखिएपछि बाहिर कि हेप्ने वा कुरा काट्ने गर्न सक्छन् । आफ्ना कमजोरी आफ्नै नजिकको बाहेकलाई सकभर अरुलाई सुनाउनुहँुदैन । यसले अरुलाई हेप्ने अवसर दिन सक्छ । यसको अर्थ समस्या गुम्साएर राख्नु भने होइन ।
भएकोमा सन्तुष्टः आफ्नो आशा वा जीवनका प्राथमिकताबारे पुनः परीक्षण गर्नपर्छ । निराश मानिस निश्चित विषयहरु जस्तै विशेष प्रेमी, भौतिक सम्पत्ति, मनग्य तलब इत्यादिमा चिन्ता गर्छन् । नभएको कुरामा चिन्ता मात्र लिने होइन, आफूसँग भएकोमा सन्तुष्ट हुने गर्नुपर्छ । परिवर्तन हुनुहोस्
सोच परिवर्तनः खास त खराब स्वभावले निराश बनाउने हो । नकरात्मक सोचलाई सकरात्मक सोचले विस्थापन गर्ने कामहरु हरेक दिन गरिरहनुपर्छ । आफ्नो निराशाको लागि कुनै घटना वा अन्य मानिसलाई दोष दिइएको छ भने म आफै गल्ती छु भनेर महशुस गर्नुपर्छ । मैले यस्तो सोच्न होइन भनेर दिमागलाई परिवर्तन गर्नुपर्छ । स–सना रमाइलोमा खुलेर हाँस्नुपर्छ । नकरात्मक सोचको तलाउमा डुब्नबाट बाँच्न हाँसोले पनि महत्वपूर्ण भूमिका खेल्छ ।
-Swasthyakahabr
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago