-भक्तराज रसाइली
काठमाण्डौं । आफूहरुको मल्टीपल डिम्याटको मल्टीपल म्यापिङ्ग नहुँदा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयरमार्फत अनलाइन सेयर हस्तान्तरण गर्ने इडीआइएसको सुविधाबाट बञ्चित भइरहेको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।
मल्टीपल म्यापिङ्ग नहुँदा ब्रोकरकोमा पुरानै चलनअनुसार सेयर बिक्री गरी अर्को डीपीमा खोलेको डिम्याट खाताको सेयरका लागि डीआइएस चेक बोकेर जानुपर्ने बाध्यता रहेको लगानीकर्ताले गुनासो गरेका हुन् ।
धरान घर भएका सेयर लगानीकर्ताहरु ठगेन्द्रप्रसाद खतिवडा र खेमराज दाहाल मल्टीपल म्यापिङ्गको सुविधा नहुँदा डीआइएस चेक बोकेर ब्रोकरकोमा धाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
दाहालले धरानस्थित ब्रोकर नम्बर १७(एबीसी सेक्यूरिटीज)मा डिम्याट खोलेका थिए । तर, सो ब्रोकरले दिने ब्रोकरेज सुविधामा कन्जुस्याइँ र दुःख दिएका कारणले दाहालले धरानस्थित सिद्धार्थ बैंकमा नयाँ डिम्याट खाता खोले । पहिले १७ नम्बर ब्रोकरकोमा कारोबार खाता र डिम्याट हुँदा उनीहरुको दादागिरी र सुविधा चित्त नबुझ्दो रहेको उल्लेख गर्दै उनले अहिले अर्को नयाँ ब्रोकरकहाँ कारोबार गरिरहेको, तर आफ्ना सेयर पुरानो डिम्याट १७ नम्बर ब्रोकरकैमा भएकाले नयाँ ब्रोकरको कारोबार खातामा भने इडीआइएस सिद्धार्थसँगको डिम्याटमा म्यापिङ्ग भएको छ ।
खतिवडाले चाहि ब्रोकर नम्बर ६(अग्रवाल सेक्युरिटिज)बाट यस्तै किसिमको दुःख पाएको गुनासो गरे ।
आफू छिट्टै काठमाण्डौं आएर सिडिएसमा १७ र ६ को सेयर सारेर अर्को डिम्याटमा लैजान पाए सहज हुने उनीहरुले बिजशालालाई सुनाए । यस किसिमको हैरानीबाट अधिकांश लगानीकर्ताहरुले दुःख खेपिरहनु परेको उनीहरुको जिकिर छ।
सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यस किसिमको असुविधाप्रति सिडिएससी पनि जानकार छ ।
डिम्याट मल्टीपल म्यापिङ्गका लागि एक फेजको परीक्षण समापन भइसकेको भन्दै न्यौपानेले भने–‘आवश्यक मोडिफिकेसन हँुदैछ, डेढ दुई महिनाभित्रै २ वटै डिम्याट म्यापिङ्ग भई निर्धक्क रुपमा इडीआइएसको सुविधा पाउने व्यवस्था गर्नेछौ ।’
यसरी नियामक सेबोनकै सुविधा मुताविक नै २ वटासम्म डिम्याट खाता खोल्न पाउने, तर सो २ वटै डिम्याटबाट सेयर बिक्री गर्दा इडीआइएस प्रयोग गर्न नसकिने भएका कारण र अर्को ब्रोकरबाट सेयर बेच्दा पुरानो ब्रोकरले आफ्नो सेयर गडबडी गरिदेला भन्ने त्रास र डरले आफूहरुलाई निकै चिन्तित तुल्याइरहेको सेयर कारोबारी खतिवडाले बिजशालासँग बताए।
यता, नेप्सेले समेत नयाँ अनलाइन प्रणालीमा हाल एउटा मात्र डिम्याट म्यापिङ्ग सुविधा दिएको छ । तर हाल पनि लगानीकर्ताहरुसँग २ वटा डिम्याट खाता यद्यपि सञ्चालित रहेकोमा कुनै चासो नदेखाएको सेयर लगानीकर्ताहरुको गुनासो छ । यस किसिमका व्यवस्थाबाट ब्रोकरहरुबीच नै पनि लगानीकर्ता तानातान र अस्वस्थ प्रतिस्पर्धा सिर्जना भइरहेको ब्रोकरहरु स्वयं नै स्वीकार्छन् ।
यसैबीच, यही इडीआइएसको प्राविधिक कठिनाइकै कारणबाट सेयर खरिदबिक्रीमा लिइने डीपी शुल्क डीपीहरुले विगत ३ महिनादेखि पाइरहेका छैनन् ।
डीपीहरुलाई दिइने डीपी शुल्कमा भएको ढिलाई के कारणले भइरहेको हो भन्ने बिषयमा बुझ्दा सिडिएससीका प्रवक्ता न्यौपानेले डीपीबाट प्रत्येक महिनाको रिपोर्ट सिडिएसमा आइसकेको जानकारी दिंदै रिकन्साइलका लागि प्रमुख कार्यकारी अधिकृत देवप्रकास गुप्ता बिदामा बसेका र सोही कारण भुक्तानीमा ढिलाइ भएको हो । गुप्ता आएपछि रोकिएको भुक्तानी सुरु हुने न्यौपानेको भनाई छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago