काठमाण्डौ । लामो समयदेखि रोकिएको कम्पनीहरुको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढेसँगै पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या पनि बढ्न थालेको छ। डिम्याट खाता खोल्नेमात्र नभएर मेरो सेयर प्रयोगकर्ता पनि बढ्दै गइरहेका छन्।
कोरोना महामारी सुरु भएयता सेयर बजारमा आकर्षण बढेको छ। महामारीका कारण लगानीका अन्य क्षेत्र सुस्ताउँदा ठूलो संख्यामा लगानीकर्ताहरु सेयर बजारमा भित्रिएका छन्।
सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता खोल्ने र मेरो सेयर प्रयोगकर्ताको संख्या पनि उकालो लागेको सीडीएससीले जनाएको छ।
सीडीएससीको पछिल्लो तथ्यांकअनुसार डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ। अहिलेसम्म डिम्याट खाता खोल्नेको संख्या ५० लाख ७ हजार २४२ पुगेको सीडीएससीले जनाएको छ।
यसैगरी अहिलेसम्म मेरो सेयर प्रयोगकर्ताको संख्या पनि ४१ लाख १९ हजार २१ पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19