काठमाण्डौ । पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ। 

सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। यसले पछिल्लो समय सेयर बजार लगातार ओरालो लागे पनि लगानीकर्ताको आकर्षण कायमै रहेको देखिन्छ। 

मेरो सेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ। 

सीडीएससीका अनुसार म्युचुअल फन्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ।