काठमाण्डौ । नेपालको सेयर बजारमा डिम्याट खाता खोल्नेको संख्या ४८ लाख नाघेको छ।
सीडीएससीको तथ्यांकअनुसार अहिलेसम्म ४८ लाख ५ हजार ८२० जनाले डिम्याट खाता खोलेका छन्। पछिल्लो समय सेयर बजारमा आकर्षण निकै बढेको देखिन्छ। विशेषगरी कोरोना महामारी सुरु भएयता सेयर बजारमा ठूलो संख्या लगानीकर्ता भित्र्याएका छन्।
यसैगरी अहिलेसम्म मेरो सेयर प्रयोगकर्ताको संख्या पनि ३९ लाख १७ हजार ४४० पुगेको छ। सेयर कारोबार गर्नका लागि मेरो सेयर अनिवार्य रुपमा लिनुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago