काठमाण्डौ । आउँदो डिसेम्बर १४ देखि १६ सम्म भृकुटीमण्डपमा तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्स्पो–२०१८ आयोजना हुने भएको छ । 

आयोजक एस.डि.प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपालकाअनुसार यो एक्स्पो नेपालको स्वास्थ्य तथा ल्याब क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदानप्रदान गर्ने प्ल्याटफर्म हुनेछ । 

नेपाल मेडिकल एसोसिएशन, एसोसिएशन अफ इण्डियन मेडिकल डिभाईस इन्डष्ट्री, ईईपिसी, द साइन्टिफिक इक्युपमेन्ट एण्ड फर्निचर एसोसिएशन, नेपाल एसोसिएशन अफ क्लिनीकल केमेस्ट्री तथा जर्मनीको हाईटेक इन्डष्ट्री एसोसिएशन स्पेक्ट्यारिसको सहयोगमा यो एक्स्पो हुन लागेको हो। 

एक्स्पोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आइ.टी. सर्भिस प्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, प्mयासिलिटी म्यानेजमेन्ट, कमप्लीट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब, एनालाईटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रूमेन्ट्स एण्ड कन्ज्युमेबल्सको प्रदर्शनी हुनेछ। यसको उद्घाटन नेपालका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गर्नेछन् ।

यो प्रदर्शनीमा २०० बढी कम्पनी र ५०० भन्दा बढी ब्राण्डहरुको सहभागिता हुनेछ । प्रदर्शनीमा दश मुलुकका अफिसरहरु, डाक्टरहरु, नीतिनिर्माता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुने बताइएको छ । 

एक्सपोको साथमा  दुईवटा सम्मेलन पनि आयोजना गर्ने एस.डि. प्रोमोले जानकारी दिएको छ। पहिलो सम्मेलन १४ डिसेम्बरमा हुनेछ, जसमा यस उद्योगसंग सम्बन्धित विज्ञहरुले स्वास्थ्यक्षेत्र तथा ल्याब प्रविधिमा भएका विकासका बारेमा छलफल गर्नेछन्। 

यसैगरी डिसेम्बर १५ मा “अस्पताल व्यवस्थापन” शीर्षकमा अर्को सम्मेलन गरिनेछ, जसमा अस्पताल व्यवस्थापन सम्बन्धी विभिन्न विषयमा प्रयोगात्मक उपायहरुको छलफल तथा उदाहरण दिइनेछ। यो दोस्रो सम्मेलनमा ४०० भन्दा बढी स्वदेशी तथा विदेशी चिकित्सकहरु सहभागी हुने बताइएको छ ।