काठमाण्डौ । दुग्ध विकास संस्थान (डीडीसी)ले पनि दूधको उपभोक्ता मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा डीडीसीले बिहीबारदेखि लागू हुने गरी दूधको मूल्य बढाउने निर्णय गरेको हो।
डीडीसीले दूध मूल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरेको छ।
सरकारले यसअघि वृद्धि गरेको दूधको किसान मूल्य भने आज चैत १ गतेबाट लागू गरिएको डीडीसीले जनाएको छ।
दही, पनिरलगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गर्ने तयारीमा डीडीसी रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19