-भक्तराज रसाइली

काठमाण्डौ । नेपाली सेयरबजारमा सीडीएससीको आगमन भएसङ्गै सेयरहरुको अभौतिक कारोबारले सर्वसाधारणलाई सहज भएको बिषय अब नौलो रहेन । 

अभौतिक कारोबारको वृद्धिसँगै सिडिएससीले एकपछिको अर्को लगानीकर्ताको हितको पक्षमा समय सान्दर्भिक सेवा सुविधा थप्दै गएको छ । 

यहीक्रममा सिडिएससीले विगत लामो समयदेखि नै उपलब्ध गराउँदै निःशुल्क डिम्याट खातामा स्वीचिंग सुविधा दिनुपर्ने बिषयमा सीआस्वामा आबद्ध बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना ग्राहकलाई जानकारी नगराएका पाइएको छ । 

लगानीकर्तालाई बित्तीय संस्थाले यो बिषयमा बेलैमा जानकारी गराई सुविधा उपलब्ध गराउनुपर्ने भए पनि हालसम्म कसैले पनि डिम्याट खातामा स्वीचिंगको सुविधा नदिएका स्रोत बताउँछ ।  

दुईवटासम्म डिम्याट खाता भएका सेयर लगानीकर्ताहरुले दुईमध्ये कुनै एक खाता स्वीचीङ्ग गर्न चाहेमा बन्द गर्नसक्ने व्यवस्था रहेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले पनि स्वीकार गरे ।  

यसैबीच, बैंक तथा बित्तीय संस्थाहरुलाई लगानीकर्ताको सहजताका निम्ति कुनै एक डीम्याट खाता  स्वीच अफ गर्न स्वतन्त्रता रहेको र त्यसका लागि बैंकहरुले आफ्ना मातहतका शाखा कार्यालयमा कार्यरत कर्मचारीलाई सूसुचित गराउनुपर्नेमा त्यसो नभएको देखिएको र बैंक कर्मचारीहरुलाई यो बिषयमा तालिम समेत नदिइएको पाइएको प्रवक्ता न्यौपानेको भनाई छ । उनले यस्तो सुविधा आस्वा सदस्य जुनसुकै बैंक तथा बित्तीय संस्था र तिनका शाखामा पाइने भन्दै यो बिषयमा सचेत रहन बिजशालामार्फत लगानीकर्तालाई आग्रह समेत गरे ।