काठमाण्डौ । नेपालको सेयर बजारमा आज डेढ वर्षपछि सबैभन्दा कम करोबार भएको छ।
यस्तो कारोबार सन् २०२० अक्टोबर १९ (२०७७ कात्तिक ३ गते) का दिन सेयर बजारमा १ अर्बभन्दा कम करोबार भएको थियो। त्यसपछि सन् २०२१ अगस्ट १५ (२०७८ साउन ३१)का दिन नेप्सेमा २० अर्बभन्दा माथिको कारोबार भएको थियो। यो दिन नेप्से ३१०२ को विन्दुमा बन्द भएको थियो भने भदौ ३ गते अहिलेसम्मकै उच्च विन्दु ३१९८ मा बजार बन्द भएको थियो।
त्यसपछि निरन्तर रुपमा घटेका सेयर बजारमा आज डेढ वर्षपछि सबैभन्दा कम १ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ। बजार जानकार तथा विज्ञहरुले करोबार घट्नुमा खरिदकर्ता र बिक्रीकर्ता दुवै पर्ख र हेरको अवस्थामा रहँदा करोबार घटेको बताएका छन्। ब्रोकरहरुले भने तरलता अभावसँगै ब्रोकरहरुको लिमिट पनि घट्दै गएका कारण आफूहरुले लगानीकर्ताको लिमिट घटाउन परेको बताउँछन्। यिनै कारणले आज बजारमा कारोबार १ अर्ब रुपैयाँमा सीमित भएको छ।
कस्तो देखिन्छ प्राविधिक रुपमा ?
प्राविधिक रुपमा डाउ थेउरीअन्तर्गत आजको बजारलाई आओरली बेसमा हेर्दा बजारले एउटा न्यून विन्दु बनाएर पुनः नयाँ यात्रा तय गर्दै गएको देखिन्छ। बजारले पछिल्लोपटक आओरली बेसमा हेर्दा २२८६ मा न्यून विन्दु अर्थात लोअर लो बनाएको थियो। पछिल्लोपटक नै बजारले यहाँबाट बढोत्तरी लिँदै अघिल्लोपटकको लोअर हाईलाई २३६५ लाई ब्रेक गरेर २४४० सम्म पुगेर बजारले हायर हाईको सिरिज बनाएको छ। (हेर्नुहोस् हरियो एरो)
आज २३६० को विन्दुभन्दा माथिबाटै फर्केर बजार २३७१ मा बन्द हुनुले डाउ थेउरीअन्तर्गत अब बजारमा बियर ट्रेन्डको अन्त्य भएर बुलिस ट्रेन्ड सुरु हुँदै गएको बुझिन्छ। (हेर्नुहोस् कालो एरो)
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago