काठमाण्डौ । डोल्टी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपी निष्कासनका लागि अनुमति मागेको हो। 

सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री गर्नेछ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछ। 

डोल्टी पावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।