काठमाण्डौ । असोज मसान्तसम्म स्टक ब्रोकर कमिसन घटाउने नेपाल धितोपत्र बोर्डको तयारी केही पर धकेलिएको छ ।
बिजशालामार्फत नै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले सरोकारवाला(ब्रोकर र लगानीकर्ता) पक्षबीच छलफल आयोजना गरी ब्रोकर कमिसन घटाउन असोज महिनाभित्र कसरत गर्ने तयारीमा बोर्ड रहेको जानकारी दिएका थिए । तर बुधबार बिजशालासँग अध्यक्ष ढुंगानाले ब्रोकर कमिसन घट्न थप केही समय लाग्न सक्ने दाबी गरेका छन् ।
सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रियामा सहभागिता जनाउन कोभिड १९ को उच्च जोखिम भइरहेको र सोही कारणले ब्रोकर कमिसन घटाउने निर्णय समेत प्रभावित बन्न पुगेको अध्यक्ष ढुंगानाको भनाइ छ ।
सरोकारवाला पक्षसँग छलफल गरेरै सबैलाई चित्तबुझ्दो ढंगले दीर्घकालीन निर्णय लिने उनले जिकिर गरे ।
करिब १ महिनाअघि नै ब्रोकर कमिसन पुनरावलोकन गर्न बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले प्रतिवेदन बोर्डसमक्ष पेश गरिसकेका छन् ।
गत असोज १२ गते नेपाल धितोपत्र बोर्डमा नै पुगेर ३ वटा लगानीकर्ता संघसंगठनका शीर्षस्थ नेताहरु ब्रोकरकमिसन लगायतका ३ बुँदे मागपत्र पेश गर्दै ब्रोकर कमिसन न्यूनतम ०.२५ प्रतिशत कायम हुनुपर्ने दबाब दिए । धितोपत्रको दोस्रो बजार हाल पूर्ण अनलाइन प्रविधिमा गइसकेकाले आम लगानीकर्ताहरु भने ब्रोकर कमिसन ०.२५ प्रतिशत मात्रै कायम हुनुपर्ने माग गर्दै आइरहेका छन् ।
अर्काथरी लगानीकर्ताहरु भने प्रतिस्पर्धात्मक रुपमा ब्रोकर कमिसनको सीमा ब्रोकरले तोक्ने व्यवस्था हुनुपर्ने बताउँछन् । तर यता स्टक ब्रोकरहरु भने ब्रोकर कमिसनमा नेप्से र बोर्डको कमिसन पनि भएका हुनाले हालको कमिसनमा आधा कमिसन मात्रै पाइरहेको दाबी गर्छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago