काठमाण्डौ । स्मार्ट डोर्स लिमिटेडले साधारण शेयर(आईपीओ) जारी गर्ने भएको छ । 

योसँगै कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । 

पुस १७ गते आयोजित एक कार्यक्रममा स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले आईपीओ निश्कासनको प्रक्रिया सुरु गर्ने र त्यसमा बिक्री प्रबन्धकको रुपमा क्यापिटललाई नियुक्ति दिने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

यो कम्पनीले रु.२ करोड ८० लाख शेयर पूँजी बराबरको रु.१०० अंकित दरको २,८०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । 

सन् २०७८ मा स्थापना भएकोे यस कम्पनीले नेपालमा विभिन्न प्रकारको ढोकाहरु उत्पादन तथा बिक्री गर्दै आइरहेको छ । 

कम्पनीले जÞर्मनी प्रविधिका मेशिनहरुबाट गुणस्तरीय ढोकाहरु २५ वर्षे वारेन्टीका साथ नेपालमै उत्पादन गर्दै आइरहेको छ । साथै, यस कम्पनीद्वारा उत्पादित माईका ढोका, मेमरेन ढोका र थ्री डी ढोका विश्वभर नै प्रसिद्ध छन् ।