काठमाण्डौ । तनहुँ क्षेत्र नं. १ भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ। 

अहिलेसम्मको मतगणनाअनुसार वाग्लेले ११ हजार ८४५ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ५९ मत ल्याएर पछ्याइरहेका छन्। भट्टराई वाग्लेभन्दा ४ हजार ७८६ मतले पछाडि परेका छन्।

एमाले उम्मेदवार सर्वेन्द्र खनाल भने तेस्रो स्थानमा छन्। उनले ४ हजार ३३ मत पाएका छन्। 

तनहुँ क्षेत्र नम्बर १ मा ४२ छन्। यी वडाबाट ६३ हजार ७५७ मत खसेको छ। 

उता चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा मतगणना सुरु गर्ने तयारी भइरहेको छ। 

चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

त्यसैगरी बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, आमजनता पार्टीका अरुण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।