काठमाण्डौ । तनहुँ क्षेत्र नं. १ भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले दोब्बर बढी मतले अग्रता लिइरहेका छन्। 

अहिलेसम्म ९ वडाको १३ हजार ७५९ मतगणना सकिँदा वाग्लेले ७ हजार ६२५ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार ४७१ मत ल्याएर पछ्याइरहेका छन्। 

एमाले उम्मेदवार सर्वेन्द्र खनाल भने तेस्रो स्थानमा छन्। उनले २ हजार २१९ मत पाएका छन्। 

तनहुँ क्षेत्र नम्बर १ मा ४२ छन्। यी वडाबाट ६३ हजार ७५७ मत खसेको छ। 

उता चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा मतगणना सुरु भइसकेको छैन। मतगणना सुरु गर्न अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। 

चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

त्यसैगरी बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, आमजनता पार्टीका अरुण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।