काठमाण्डौ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्ले फराकिलो मतान्तरले विजयी भएका छन्।

वाग्लेले ३४ हजार ९१८ ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन्। वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन्।

तेस्रो स्थानमा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल रहे। उनले ८ हजार ४८८ मत पाए। 

वैशाख १० गते उपनिर्वाचन भएको थियो। तनहुँ क्षेत्र नम्बर १ मा जम्मा मतदाता संख्या १ लाख २३ हजार ३०५ रहेकोमा ६५ हजार ३१६ मत खसेको थियो।