काठमाण्डौ । यदि तपाईं यूट्यूबमा भिडियो हेर्न मन पराउनुहुन्छ भने तपाईको यही सौखलाई उपयोग गरेर प्रत्येक महिना ४० हजार रुपैयाँ भन्दा बढी पैसा कमाउन सक्नुहुन्छ । यो काम गर्न तपाईंसँग मात्र दुई चिज हुन आवश्यक छ । पहिलो, इन्टरनेट कनेक्सन र दोश्रो चिज हो दैनिक भिडियो हेर्नका लागि केही घण्टा समय । 

साइट : पेड टु यूट्यूब (paid2youtube)
यो साइटमा तपाईंलाई ३० सेकेण्डको भिडियो हेर्ने र त्यसमा कमेण्ट गर्नका लागि पैसा प्राप्त हुन्छ । कमाईलाई बढाउन यूट्यूब च्यानललाई सस्क्राइब वा आफ्ना साथीहरुलाई समेत रिफर गर्न सकिन्छ । यो काम गरेबापत तपाईंले प्रतिघण्टा ३ सय रुपैयाँसम्म कमाई गर्न सक्नुहुन्छ । तपाईले चाहनुभयो भने यो काम एकैपटक एकैठाउँबाट आरामले गर्न सक्नुहून्छ । साइटको अकाउण्टमा एकहजार रुपैयाँ जम्मा भएको सात दिनपछि पेपल अकाउण्टबाट तपाईंको भुक्तानी दिइन्छ । 

साइट : स्वागबक्स(swagbucks)
स्वागबक्सको भिडियो हेरेर मात्र होइन, सर्भेमा सहभागी भएर समेत तपाईंले पैसा कमाउन सक्नुहुन्छ । प्रत्येक क्लिक वा भिडियो हेरेबापत स्वागबक्सले एक एसबीदेखि ३० एसबीसम्मको अंक दिन्छ । ५ सय एसबी अंक कमाएपछि तपाईलाई ४ सय रुपैयाँ बराबरको अमेजनको गिफ्ट कार्ड प्राप्त गर्न सक्नुहुन्छ । अथवा, आफूलाई मन परेको चिज खरीद गर्न सक्नुहुन्छ । जति धेरै एसबी पोइन्ट जम्मा हुन्छ, गिफ्ट कार्ड पनि तपाईंले उति नै धेरै रकमको हासिल गर्न सक्नुहुन्छ । 

साइट : यूक्यूवेज(you-cubez)
भारतको एडभरटाइजिङ एजेन्सीको यो साइटले तपाईलाई प्रति क्लिकको हिसाबले प्रति क्लिक ०.००५ सेन्ट(यूएस डलर)को भुक्तानी दिन्छ । यदि तपाईं एकदिनमा भिडियो, विज्ञापन वा वेबसाइट पेजमा २ सय क्लिक गर्नुहुन्छ भने तपाईंले प्रतिघण्टा १०७ रुपैयाँको दरले कमाउन सक्नुहुन्छ । रिफरेन्स दिएर वा साइटमा देखिने कुनै पनि वेबसाइटमा खरीदारी गरेर तपाईं यो कमाईलाई कयौं गुणाले बढाउन सक्नुहुन्छ । 

साइट : सक्सेस बक्स(successbucks)
सक्सेसबक्समा भिडियो हेर्दा मात्र होइन, साइनअप गर्दा र मात्र क्लिक गर्दा समेत राम्रो रकम प्राप्त हुन्छ । यो पनि एड एजेन्सीको साइट हो । यसले एक क्लिकका लागि ०.१ सेन्टदेखि एकडलरसम्म कमाई गर्ने मौका दिन्छ । यो साइटको राम्रो पक्ष भनेको तपाईंको अकाउण्टमा १ सय रुपैयाँ भन्दा बढी रकम जम्मा हुनेबित्तिकै यसले पेपलको अकाउण्टमा पठाइदिन्छ । 

स्लाइडजोय(slidejoy)
यो अचम्मको एप हो । आफ्नो स्मार्टफोनमा यो एप इन्स्टल गरेर तपाईंले केही गर्नुभएन भने पनि पैसा आउँछ । यो एपबाट प्रतिघण्टा ५० रुपैयाँसम्मको कमाई गर्न सकिन्छ । यो एपको  सबैभन्दा ठूलो विशेषता भनेकै यसले तपाईंको स्मार्टफोनको लकस्क्रीनको मात्र प्रयोग गर्छ । यसको अर्थ जब तपाईको फोनको स्क्रीन लक हुन्छ, तब त्यसमा यो एपको एड चल्छ र अनलक गर्नका लागि मोवाइल खोल्ने बित्तिकै आफ्नो अकाउण्टमा पैसा जम्मा हुन्छ । 

यी टिप्सलाई फलो गर्नुहोस्, बढ्नेछ कमाई
यो काम सुरु गर्नुअघि आफ्नो सुविधाअनुसार एक वा दुई साइट छनौट गरी त्यसमा केन्द्रीत बन्नुहोस् । यसबाट तपाईंले दुवै साइटलाई धेरै समय दिनसक्नुभयो भने राम्रो कमाई गर्न सक्नुहुन्छ । 

यी अनलाइन साइटहरु सेकेण्डको हिसाबले पेमेन्ट गर्छन । यसको अर्थ तपाईंले जति बढी भिडियो हेर्नुभयो उति नै धेरै फाइदा हुन्छ । यसकारण प्रत्येक दिन २ देखि ५ घण्टाको दरले यो कामका लागि समय विनियोजन गर्नुहोस् र यो अवधिमा यिनै साइटमै रहनुहोस्, अरुतिर नभूलिनुहोस् । 

यो पार्टटाइम काममा तुरुन्तै आम्दानी हुन्न । एक राम्रो पैसा हासिल गर्नका लागि तपाईंले लगातार धैर्यवान भएर काम गर्न जरुरी हुन्छ ।