sleeping woman
स्वस्थ सुत्ने विषयको प्रसंग आउँछ, हरेकको दिमागमा एउटा प्रश्न आउँछ । कति घन्टा सुत्दा शरिरलाई उपयुक्त हुन्छ ? उमेर र विभिन्न व्यक्तिको जीवनशैली अनुसार सुताईमा भर पर्छ । स्लिप हेल्थ जर्नलमा प्रकाशित अनुसार कुनै पनि व्यक्ति स्वस्थ रहन निम्न समय सुत्नुपर्छः
नवजात शिशु (तीन महिनासम्मको) हरेक दिन १४ देखि १७ घन्टा सुत्नुपर्छ ।
त्यस्तै १ देखि २ वर्षको बच्चा हरेक दिन ११ देखि १४ घन्टा सुत्नुपर्छ ।
स्कुल जाने उमेर नपुगेका भएका बालबालिका (तीनदेखि पाँच वर्ष) दैनिक १० देखि १३ घन्टा सुत्नुपर्छ ।
स्कुल जाने बालबालिका (६ देखि १३ वर्ष उमेर) का बालबालिका हरेक दिन ९ देखि ११ घन्टा सुत्नुपर्छ ।
किशोरकिशोरी (१४देखि १७ वर्ष ) किशोर किशोरी हरेक दिन ८ देखि १० घन्टा सुत्नुपर्छ ।
१८ देखि २५ वर्षका युवा युवतीहरु दैनिक ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ ।
२६ वर्षदेखि ६४ वर्षका वयस्यकरु दिनमा ७ देखि ९ घन्टा सुत्नुपर्छ ।
६५ वर्षका पाका मानिसहरुलाई दैनिक ७ देखि ८ घन्टा सुत्दा पर्याप्त हुन्छ ।
गर्भवती महिला राती ८ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुत्नु पर्छ
(दी हेल्थ साइट)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago