काठमाण्डौ । लगानी कोर्डले तल्लो अरुण जलविद्युत परियोजना विकासको जिम्मा भारतको सतलज जलविद्युत निगमलाई दिने गरी परियोजना विकास सम्झौता (पीडीए)को मस्यौदा स्वीकृत गरेको छ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले ६६९ मेगावाटको तल्लो अरुणको मस्यौदा स्वीकृत गरेको हो। लगानी बोर्डको वार्ता समितिले सतलजसँग चरणबद्ध रुपमा वार्ता गरी सहमतिसहितको पीडीएको अन्तिम मस्यौदा तयार गरेको हो।
लगानी बोर्डले उक्त आयोजनाबाट नेपालले २१ प्रतिशत बिजुली पाउने गरी मस्यौदा तयार गरेको छ। आयकर छुटलगायतका सुविधा भने यो आयोजनामा नदिइने बोर्डले जनाएको छ।
अब उक्त मस्यौदा अनुमोदनका लागि मन्त्रिपरिषदमा पठाउने निर्णय पनि लगानी बोर्डको आजको बैठकले गरेको छ।
लगानी बोर्डको अघिल्लो बैठकले तल्लो अरुण जलविद्युतका लागि ९२ अर्ब ६८ करोड रुपैयाँबराबरको लगानी स्वीकृत गरिसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19