विराटनगर ।  प्रहरीले झापाको शनि–अर्जुन नगरपालिकाबाट शुक्रबार अवैध काठसहित पिकअप गाडी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले वडानम्बर ९ बाट सखुवाको अवैध ३७.६१ क्यूफिट काठसहित मे १ ज १९६९ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो ।

पिकअपमा अवैध काठ आइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलले अपरान्ह बसपार्कमा सो पिकअप रोकेर चेकजाँच गर्दा पछाडि पालले छोपेर ल्याएको अवस्थामा २५ थानसखुवाको फेन्टा बरामद गरेको थियो । 

बरामद काठसहित गाडी र चालक झापा बुधबारे १ का बालकुमार राईलाई सेक्टर वन कार्यालय सुरुङ्गा पठाइएको छ ।