काठमाण्डौ । ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा मोबाइलपारखी र अबलोककर्ताको घुइँचो लागेको छ । 

दशैंतिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार नारा दिइएको यो मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ७ करोड ५० लाखभन्दा बढीको कारोबार भइसकेको बताए । 

लेनेभो मोबाइल र मोटोरोला मोबाइलको बिशेष सहयोग रहेको यो मोबाइल मेलामा लक्की ड्रमार्फत २० भन्दा बढी स्मार्टफोन, पावर बैंक , ब्लुटुथ हेडफोनको लक्की ड्रमार्फत बितरण गरिएको ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए ।

सोचेभन्दा कारोबार उच्च रहेको बताउँदै ब्यापार संघका सचिब गुरुदत्त शर्माले असोजको पहिलो हप्ताबाट दैनकि ब्यापार अहिलेको भन्दा ३ गुणाले बढ्ने दाबी गरे ।

मोबाइल पारखीहरुको मनमा बसेको नेपालको एकमात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार भइरहेको छ  । हरेक वर्षजस्तो यो बर्ष पनि दशंै देखि तिहारसम्म हरेक दिन लक्की ड्रमार्फत मोबाइल, पावर बैंक लगायतका उपहारहरु बितरण गरिरहेको छ ।

मोबाइल मेला अवधिभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ,  लेनेभोलगायत सबै ब्राण्डका मोबाइलफोनहरुको कारोबार भइरहेको छ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने एउटा मोटरसाइकल र एउटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै वितरण गरिने र एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिने कम्पनीले जनाएको छ ।