काठमाण्डौ । तारागाउँ रिजेन्सी होटलको नाफा घटेको छ । शुक्रबार कम्पनीले प्रकाशित गरेको  वित्तीय विवरणमा नाफा घटेको देखिएको हो । 

आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा यो कम्पनीको बोनस र करअघिको नाफा ३२ करोड ७३ लाखमा खुम्चिएको छ । अघिल्लो वर्ष यही अवधिमा

यस्तो नाफा ३५ करोड ३७ लाखको उचाईमा थियो । 

यसरी यो होटलको नाफामा गत वर्षको तुलनामा समीक्षा अवधिमा ८.४४ प्रतिशतको गिरावट आएको देखिएको छ । 

कम्पनीले समीक्षा अवधिमा १ अर्ब ३२ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिसम्म यो होटलको चुक्तापूँजी १ अर्ब ८८ करोड रहेको छ भने सञ्चित कोषमा ४३ करोड ३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ कायम भएको छ ।