काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ११ प्रतिशत नगद वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् ।कम्पनीको चुक्तापूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा ८.४२ प्रतिशत नगद लाभांश दिएको थियो ।

कम्पनीले आगामी वार्षिक साधारणसभाको मिति भने तय गरिसकेको छैन । होटल तथा पर्यटन समूह अन्तरगत रहेको उक्त कम्पनीको सेयर मूल्य आइतबार बजार बन्द हुँदा प्रतिकित्ता ७६५.१० रुपैयाँ छ ।