काठमाण्डौ । मुस्ताङको मानापाथी हिमाल नजिकैको थासाङ २ सानो स्वारेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा एकै परिवारका ७ जना रहेका पुष्टि भएको छ । 

धनुषाको मिथिला नगरपालिका वडानम्बर ११ लोटागाउँको एकै परिवारका ७ जना पनि सो दुर्घटना परेका धनुषा प्रहरीले पुष्टि गरेको हो । 

उनीहरु सो जहाजमार्फत मुक्तिनाथ दर्शनका लागि जोमसोम जाँदै थिए । 

जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका थिए । 

विमानमा ६ विदेशी यात्रुसहित १९ यात्रु र ३ चालक दलका सदस्य थिए ।