काठमाण्डौ । नेपाली अर्को महान चाड तिहार भोलि (कात्तिक १७ गते) बाट सुरु हुँदैछ। भोलि अर्थात कात्तिक १७ गते काग र कुकुर तिहार एकैदिन परेको छ।
कात्तिक १८ गते लक्ष्मीपूजा, कात्तिक १९ गते म्हपूजा/गोबर्द्धनपूजा र कात्तिक २० गते भाइटीका परेको छ।
सेयर बजार पनि कात्तिक १७ गतेसम्म खुला रहनेछ। कात्तिक १८ गते अर्थात लक्ष्मीपूजाका दिनदेखि बजार बन्द रहने भएको छ। अब सेयर बजार कात्तिक २२ गते (सोमबार) देखि मात्र खुल्नेछ।
कात्तिक २१ गते आइतबार परे पनि यो दिन सरकारले सार्वजनिक बिदा दिएकोले सेयर बजार बन्द रहनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19