काठमाण्डौ । तिहार बिदापछि भोलि बुधबारदेखि धितोपत्र दोस्रो बजार खुल्ने भएको छ।
नेपालीको दोस्रो महान चाड तिहारको उपलक्ष्यमा गत आइतबारदेखि आज मंगलबार सार्वजनिक बिदा दिइएकोले धितोपत्र दोस्रो बजार पनि बन्द रहेको छ। अब भोलिबाट सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्थालगायत भोलिबाट खुल्ने भएकाले धितोपत्र दोस्रो बजार पनि खुल्ने भएको हो।
गत बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि हुँदै १७१८.४९ अंक कायम भई कारोबार रकमसमेत करिब ५ अर्ब रुपैयाँ भएको थियो।
बैंकहरुले पछिल्लो समय बचतमा औसतमा १.५ प्रतिशत ब्याजदरमात्रै दिएकाले समेत सेयर बजारमा राम्रो कमाइ हुने आशामा नयाँ तथा पुराना लगानीकर्ताहरु सक्रिय रुपमा कारोबार गरिरहेका छन्। यस्तै सेयर धितोकर्जासमेत सिंगल डिजिटमा उपलब्ध भएकाले कर्जा लिई सेयर कारोबार गर्नेको जमात बढिरहेको छ। यिनै कारणहरुले समेत अब दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार रकमले निकट समयमा नै नयाँ ऐतिहासिक रेकर्ड कायम गर्ने बजार विश्लेषकहरु दाबी गर्छन्।
हाल धितोपत्र दोस्रो बजारको पहुँच देश तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन नेप्सेको अनलाइन कारोबार प्रणालीले समेत अहम् भूमिका निर्वाह गरेको छ। हाल दोस्रो बजारमा कुल कारोबारी करिब ४ लाख पुगेका र पौने २ लाखले अनलाइनमार्फत स्वयं सेयर कारोबार गर्न सहज भएकाले समेत परिसूचक र कारोबार रकममा बढोत्तरी आउने विश्लेषकहरुको भनाइ छ।
यसैगरी नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षबाट धमाधम सेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने र साधारण सभा सम्पन्न गर्ने हुनाले समेत बजारमा उच्च खरिदचाप हुने विश्लेषकहरु जिकिर गर्छन्। वर्षभरिको कमाइ अब फल पाकेर खाने बेला भएकाले पनि सेयर खरिद चापमा उच्च दबाब पर्ने र सूचक र कारोबार रकममा छलाङ आउने जानकारहरु बताउँछन्।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago