काठमाण्डौ। विगत १५ वर्षदेखि अनवरत रुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भदौ महिनामा पर्ने विभिन्न पर्वका अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ। 

यस योजनाअन्तर्गत बैंकले भदौ महिनाभरि लकर शुल्कमा ७० प्रतिशत र लकर की डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। यस्ता छुटको सुविधा ग्राहकले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुनसुकै शाखाहरुबाट पनि प्राप्त गर्न सक्नेछन्। 

यो सुविधाबापत ग्राहकले आफ्ना अमूल्य गरगहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाणपत्रहरु जस्तै– राहदानी र अन्य मूल्यवान वस्तु सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन्। यसका साथै ग्राहकको सहजताका लागि बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरु धेरै पहिलेदेखि नै प्रदान गर्दै आइरहेको छ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुआत गरिसकेको छ। यसका साथै ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले बैंकले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन्। 

यस प्रकारको सेवाबाट ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ। 

बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।