काठमाण्डौ । भवानी राणा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष हुन्। उनी महासंघको नेतृत्वमा पुग्ने पहिलो महिला पनि हुन्। यहाँसम्म आउँदा उनलाई त्यति सहज भने थिएन। अहिलेसम्म पुुरुषमात्रै हाबी भएको महासंघको इतिहासमा हरेक चुनौतीको सामना गर्दा उनी यहाँसम्म आइपुगेकी हुन्।
सुरुमा त राणालाई समाजको पुरुषवादी सोचलाई परिवर्तन गर्नु थियो। विभिन्न संघसंस्थामा आबद्ध हुँदै गर्दा उनलाई त्यो अवसर मिल्यो। आज उनी एक सफल महिला उद्यमी कहलिएकी छन्।
काठमाण्डौमा गैरव्यावसायिक मिश्र परिवारमा सन् १९७० मा कान्छी छोरीका रुपमा राणाको जन्म भयो। उनका बुुवा मनमोहन मिश्र तत्कालीन अञ्चलाधीश थिए। मिश्र कामको सिलसिलामा विभिन्न ठाउँ पुुग्दथे। राणा पनि बुुवासँगै विभिन्न स्थान पुग्थिन्। बाल्यकालमा आफू एकदमै चञ्चले स्वाभाव रहेको उनी बताउँछिन्। रमाइलोसँग बाल्यकाल बिताएकी उनले आफ्ना बुवा–आमाको सुुझाव र आर्शिवादले यो स्थानसम्म आइपुुगेको बताइन्।
‘महिलाले पढेर विवाह गरेर जानेभन्दा पनि सक्षम बन्नुुपर्छ भनेर बुवा–आमाले भन्नुुहुुन्थ्यो। अझ पहिला त अहिलेजस्तो सहज परिस्थित थिएन’, राणा स्मरण गर्छिन्, ‘हाम्रो बाल्यकालको अवस्थामा डाक्टर, इन्जिनियर, टिचरमात्रै हुन्थ्यो। तर, म त्यो पक्षमा कहिल्यै पनि गइनँ र त्योभन्दा फरक ढंगले काम गर्नुपर्छ भन्ने सोच ममा थियो।’
त्योबेलाको नाम चलेको काठमाण्डौको सेन्ट मेरिज स्कुुलमा पढ्न पाउनुु सौभाग्य मिलेको राणा सम्झिन्छिन्। आफ्ना बुवा अञ्चलकै हेड र अरुले गरेको सम्मानका साथै गरेका कामप्रति आकर्षित भएपछि राणाको मनमा लिडरसिप पोजिसनमा जाने र समाजका लागि केही गर्ने मनसाय आयो। योसँगै आफू विवाहमात्रै होइन सक्षम महिला भएर कार्य गर्ने उनको सोच थियो।
भारतको इसाबेला थोबर्न कलेजबाट स्नातक र लखनऊ विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेकी राणाले नेपालगन्जका आशितशमशेर राणासँग विवाह गरिन्। अनि सुुरु भयो उनको व्यावसायिक यात्रा। उनी २०६२ सालमा महासंघमा प्रवेश गरिन् र २०७३ चैत २९ गते सम्पन्न महासंघको ५१ औँ साधारणसभाबाट उनी महासंघको १८ औँ अध्यक्षका रुपमा पदभार सम्हाल्न पुगिन्। महासंघमा आबद्ध भएर नेपालगन्जमा होटेल खोल्नुअघि उनले गार्मेन्ट उद्योगमा लगानी गर्नुका साथै अमेरिकी दूतावासमा काम गरेकी थिइन् भने महिला उद्यमी महासंघमा पनि आबद्ध थिइन्।
महासंघको उपाध्यक्ष भइरहँदा चुुनौतीकै कारण आफूलाई छाडेर जाउँजस्तो भएको थियो, राणालाई। तर, महिलाले इतिहास रच्नुुपर्छ र अरु महिलालाई प्रोत्साहन होस् भन्ने उनले आइपरेका हरेक दुुःख र चुुनौती सामना गरिन्। महासंघमा रहिरहँदा अधिकांशले साथ दिए पनि केहीको भने खुुट्टा तान्ने प्रवृत्ति नै रहेको थियो। महिलामा धेरै शक्ति हुन्छ। ‘त्यसैले कुनै पनि महिलाले आफूलाई चिन्न सक्नुपर्छ र म पनि केही गर्न सक्छु भन्ने सोच राख्नुपर्छ’, राणा भन्छिन्।
महिलाले आफ्नो सपनासँगै संघर्ष पनि गर्न सक्नुुपर्छ। समाजमा अघि बढ्दै गर्दा खुुट्टा तान्ने प्रवृति व्याप्त रहेको भन्दै राणाले त्यसलाई कुल्चेरपछि मात्रै आफ्नो लक्ष्यमा पुुग्न सकिने बताइन्। महिलाहरु कोटाभन्दा पनि प्रतिस्पर्धा गरेर अगाडि आउनुुपर्ने उनको सुुझाव छ।
यिनै हक्की र निडर स्वाभावकी सफल महिला उद्यमी भवानी राणा र बिजशालाकर्मी रेखा चन्दबीच आज महिलाहरुको विशेष पर्व हरितालिका तिजका विषयमा भएको वार्तालापको सारसंक्षेप:
तीज भन्नेबित्तिकै के कुरा याद आउँछ ?
– हरितालिका तीज महिलाको एउटा पर्व हो। पहिलादेखि नै चलिआएको वैदिक धर्म र आफ्नो कल्चरले गर्दा पनि यसलाई परम्परागत रुपमा मानिँदै आएको छ। सत्ययुुगमा पार्वतीले पनि व्रत बसेकाले व्रत बस्यो भने राम्रो हुन्छ भन्ने हो। परिवारलाई, श्रीमानलाई, शिवजीलाई आराधना गर्ने तीजको मुख्य उद्देश्य हो।
पछिल्लो समय एकदमै भड्किलो पाराले तीज मनाउने गरेको पाइन्छ। यो कत्तिको ठीक हो?
– पहिला–पहिला माइतीघर जानलाई पनि केही बहना चाहिन्थ्यो। वर्षभरि जान पाएका हुँदैनथे। त्यसले तीज चाहिँ महिलाहरुको एउटा महत्वपूर्ण समय हुन्थ्यो। उनीहरु माइत जाने र दिदीबहिनी तथा घरपरिवारलाई भेट्ने वातावरण हुन्थ्यो। तर, अहिले विस्तारै यो कुरा परिवर्तन आइरहेको छ। अहिलेको तीजलाई ठीक छैन भन्न त मिल्दैन। हामीले कल्चर र धर्महरुलाई जहिल्यै पनि मान्यता दिनुुपर्छ। मेरो विचारमा कल्चर र धर्मलाई मान्यता दिएर व्रत बस्ने शिवजीको आराधना गर्ने, पूजा गर्ने कुरा छँदैछ। उद्यमी क्षेत्र, मिडिया क्षेत्रगायत विभिन्न क्षेत्रका महिलाले दिदी–बहिनीलाई बोलाएर रमाइलो गर्ने र दर खाने गरिन्छ।
निराहार व्रत बस्नु कत्तिको ठीक हो ?
– मेरो विचारमा निराहार व्रत बस्नु हुँदैन। किनभने कति मानिस पानी नखाएकाले विहोस भइरहेका हुन्छन्। गाउँघरमा त झन थुुकसमेत निल्नुुहुँदैन भनिरहेका हुन्छन्।
तीजमा तपाइँ पनि निराहार व्रत बस्नुहुन्छ ?
– प्रायः म फलफूल र पानी खाएर बस्छुु। विवाह हुँदा सुरु–सुरुमा म पनि निराहार व्रत बसेकी थिएँ। पछिल्लो समय फलफूल र पानी खान्छुु। आफ्नो स्वास्थ्यलाई हेरेर व्रत बस्नुुपर्छं।
विवाहअघि पनि तीजको व्रत बस्ने गर्नुभएको थियो ?
– बसेकी थिएँ। विवाह हुनुुभन्दा अघिदेखि बसेको तीज व्रत आजसम्म कायमै छ। झन्डै ३० वर्ष जति भयो होला तीजको व्रत बस्न थालेको।
तपाइँको विवाह भएको कति वर्ष भयो ?
– मेरा विवाह भएको २५ वर्ष भयो। एउटा छोरा छ। विवाह भएको एक–डेढ वर्षपछि छोराको जन्म भएको हो।
तीज भन्नेबित्तिकै विवाह गरेर गएको चेली र माइतीघरबीचको सुमधुुर सम्बन्ध अथवा विवाह गरेर पठाएको चेलीलाई बोलाएर मिठोमसिनो खुवाउने गरिन्छ। भनौँ छोरीचेलीले माइतीघरमा गएर तीज मनाउँछन्। तपाइँ पनि तीजको बेला माइतीघर जानुुहुन्छ ?
– मेरो मुवा–बुुवा होइसिन्न। मुुवा–बुवा भइदिएको भए अर्कै कुुरा हुन्थ्यो। पहिला–पहिलाको तीजमा छोरीचेली माइत जानुुपर्छ भन्ने हुन्थ्यो। अहिले त्यस्तो छैन। त्यसैले तीजमा माइती त्यति गइँदैन।
तपाइँँको विचारमा तीज कस्तो हुनुुपर्छ ?
– पौराणिककालदेखि नै चल्दै आएको धर्म र संस्कृतिलाई हामीले निरन्तरता दिनुुुपर्छ भन्ने हो। किनकि आफ्नो कल्चर र संस्कृतिलाई बचाएर राख्नुपर्छ। तर, यसको नाममा तडकभडक गर्ने होइन। आफ्नो आस्था, धर्म र संस्कृतिलाई बचाउनुुपर्छ। आफ्नै धर्म र संस्कृति हुनुु नै नेपालको एउटा सुन्दर पक्ष हो। त्यसैले संस्कृतिका नाममा विकृति ल्याउनुहुँदैन। सकेसम्म चल्दै आएको चलनलाई अझै कसरी राम्रो बनाउन सकिन्छ, त्योतर्फ लाग्ने हो।
तीजको बेला नेपाली दिदी–बहिनीलाई के सन्देश दिन चाहनुहुन्छ ?
- सबैभन्दा पहिले सम्पूर्ण नेपाली दिदी–बहिनीलाई तीजको शुुभकामना दिन चाहन्छुु। नारीमा एउटा शक्ति हुन्छ, त्यसलाई उजागर गरौँ। आफ्नो सपनालाई साकार पार्न मेहनत र सकारात्मक सोच राखे अवश्य नै सफल भइन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago