– अनन्त्य सुन्दर

काठमाण्डौ । देशभर नै आज हिन्दु धर्मावलम्बी महिलाहरु हरितालिका तीज मनाउँदैछन्। सरकारले आज तीजको उपलक्ष्यमा महिला कर्मचारीलाई सार्वजनिक बिदा पनि दिएको छ।

नेपालमा तीजका अवसरमा महिलाहरु विभिन्न ठाउँमा भेला भएर नाचगान गरी दर खाने र मनोरञ्जन गर्ने चलन छ। अविवाहित महिलाहरुले राम्रो श्रीमान् पाइन्छ भनी तीजमा व्रत बस्ने परम्परा छ। त्यसका साथै विवाहित महिलाहरुले श्रीमानका साथै परिवारका सदस्यको दीर्घायूका लागि व्रत बस्ने चलन छ। तीजका अवसरमा महिलाहरु माइत जानुका साथै मन्दिरमा पूजापाठ गर्ने चलन छ।

सेयर बजारको सक्रिय लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमकी सदस्य सिर्जना सुवेदीको घरमा सामान्य रुपमा परिवारजनसँग बसेर तीज मनाउने योजना रहेको बताउँछिन्। ‘पहिलादेखि नै तीजमा साथीभाइलाई पनि घरमा नै आमन्त्रित गरेर  सामान्य रुपले मनाउँदै आएको छु’, सुवेदी भन्छिन्, ‘हरेक तिजमा व्रत बस्ने गरेको छु।’   

विगतको तुलनामा अहिले तीज खर्चिलो बन्दै गएको सुवेदीको अनुभव छ। ‘अहिले महिला दिदीबहिनीहरुको तीज आउनुभन्दा एक महिना अघिदेखि नै महँगो साडीका साथै गरगहनामा खर्च गर्ने चलन छ’, उनी भनिछन्, ‘महँगो गरगहना, मेकअप, साडीलगायतको भड्किलो खर्च गर्नुको सट्टा लगानी गर्दा भविष्यमा आफूलाई नै फाइदा हुन्छ।

महिला दिदीबहिनीको बचत गर्ने बानी भएकाले अलिकति पैसा भए पनि सेयर, व्यवसायी वा अन्य कुनै पनि क्षेत्रमा लगानी गर्दा भविष्यमा आफैँलाई राम्रो सुवेदी बताउँछिन्।